चितवन, भाद्र २ – अभिनेत्री साम्राज्ञी आर एल शाह र पुष्प खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको चलचित्र ‘मारुनी’ अहिले निकै चर्चामा रहेको छ । भाद्र १३ गते प्रदर्शन हुने चलचित्रको सार्वजनिक भएको दुई वटा गीत र ट्रेलरको कारण यसको चर्चा चुलिएको छ।
भाद्र १३ को प्रदर्शन मिती नजिकिदै गर्दा चलचित्रको प्रचारप्रसारमा निर्माण युनिट ब्यस्त भएको छ । यसै क्रममा ‘मारुनी’ को चितवनमा पनि प्रचार प्रसारको शुरु भईसकेको छ । फरक तरिका अपनाउदै चितवनमा ‘मारुनी’ को प्रचार प्रसार तिब्र भईरहेको छ । पहिलो चरणमा अटोबाट प्रचार प्रसार शुरु गरिएको छ । चितवनमा चल्ने अटोहरुमा ‘मारुनी’ को ब्यानरहरु झुण्डाउदै प्रचार प्रसार भईरहेको छ ।प्रचार प्रसार सँगै चलचित्रले चितवनमा राम्रो हाइप बनाईरहेको छ ।
यस्तै भोली (मंगलबार) कलेज क्याम्पेन गरिने प्रचार प्रसारमा संयोजन गरिरहेको नेचुरल इन्टरटेन्मेन्ट नेपालका प्रवन्धक रामजी नेपालीले ए टु जेड समाचारलाई जानकारी दिए । भोली चितवनका बिभिन्न कलेजहरुमा गएर क्याम्पेन गरिने उनले बताए । कलेजका विद्यार्थीहरुलाई ‘मारुनी’ को बिषयमा जानकारी गराईनुका साथै प्रश्नोत्तर पनि गरिने उनले बताए।
कलाकार सहितको युनिट भने ५ गते चितवन आउनेछ । उक्त दिन पनि बिभिन्न कार्यक्रमहरु आयोजना हुनेछन् । उक्त दिन ‘मारुनी’ युनिटले चितवनका चलचित्र पत्रकारहरुको भेटघाट कार्यक्रम आयोजना गर्ने बताईएको छ । चलचित्र बारे मिडियाबाट आम दर्शक सम्म सन्देश प्रवाह गर्ने उद्देश्यका साथ उक्त दिन पत्रकार सम्मेलन आयोजना गर्न लागिएको हो।
५ गते दिउँसो हुने पत्रकार सम्मेलन पछी ‘मरुनी कन्सर्ट’ हुनेछ । नारायणी नदी किनारमा हुने उक्त कन्सर्टमा चलचित्रका मुख्य कलाकारहरु साम्राज्ञी आर एल शाह, पुष्प खड्का, रेबिका गुरुङ, संगीतकार कृष्ण काफ्ले लगायतको उपस्थिती रहनेछ । उनिहरुले दर्शक सँग प्रत्यक्ष सात्क्षात्कार गर्दै भरपुर मनोरन्जन दिने कार्यक्रम रहेको छ । यस्तै चितवनको ‘द युफोनी ब्याण्ड’ को पनि बिशेष प्रस्तुती रहनेछ ।
चलचित्र युनिटले यस अघी पनि फरक शैलीको प्रचार प्रसार कार्यक्रम गरेको थियो । प्रशिक्षक तथा कलाकार माधव केसीको सहयोगमा इटहरीमा विभिन्न सिप मुलक तालिमको प्रशिक्षण लिइरहेका प्रशिक्षार्थीहरुलाई मारुनीको बारे जानकारी गराईएको थियो । कुक,सिलाइ बुनाइ ,प्लम्बर,इलेक्ट्रीसियन सम्बन्धी प्रशिक्षण लिइ रहेका स्थानीय व्यक्तिलाई मारुनी सम्बन्धि जानकारी दिदै फिल्म जनामानस सम्म पुर्याउने प्रयास भएको थियो ।
पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । चलचित्रको निर्मात्री पुनम गौतम हुन् । चलचित्र ‘मारुनी’मा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्पल खड्का , रेविका गुरुङ, अर्जुन श्रेष्ठ ,आयुश प्रधान, बिनोद भट्टराई , सम्पदा बानियाँको कुशाग्र भट्टराई, स्वर्णिम पौडेल, सेफिअन्स लम्साल र साइरा आचार्य लगायतको मुख्य भूमिका रहेको छ ।
सञ्जय लामाले खिचेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । चलचित्रमा दीपक बज्रचार्य, अर्जुन पोख्रेल र कृष्ण काफ्लेको संगीत रहेको छ भने प्रविण सिंह, बिक्रम लामा र एन्जिला खत्रीको कोरियोग्राफी रहेको छ । राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री चलचित्रका सह–निर्माता हुन् ।


