असोज १० मा ‘रातो टिका निधारमा’

एटुजेड समाचार

चितवन, साउन २४ – बिहीवार मात्र  ‘मेरो माया’ बोलको पहिलो रोमान्टिक गीत सार्वजनिक गरेको चलचित्र ‘रातो टिका निधार’ को प्रदर्शन मिती फाइनल भएको छ । शनिबार चलचित्रका निर्देशक अशोक शर्माले असोज १० गतेलाई चलचित्रको प्रदर्शन मिती लक गरेका हुन् । नेपालीहरुको महान पर्व दशैको अवसर पारेर चलचित्र ‘रातो टिका निधारमा’ प्रदर्शन हुन लागेको हो ।

बिहीवार गीत सार्वजनिक गर्दा भने चलचित्रको प्रदर्शन मिती राखिएको थिएन । दशैको अवसरमा चलचित्र प्रदर्शन हुने भनिए पनि मिती भने तोकिएको थिएन । शुक्रबार भने चलचित्रको प्रदर्शन मिती सार्वजनिक गरिएको हो । निर्देशक शर्माले सामाजिक सन्जाल फेसबुक मार्फत असोज १० गते चलचित्र प्रदर्शन हुने जानकारी गराए ।

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको ‘रातो टिका निधारमा’ किरण शर्मा र कृति शर्मा निर्माताको रुपमा छन ।चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह, अंकित शर्मा नीता ढुंगाना, रविन्द्र झा, बुद्दि तामाङ, खुश्बु खड्का, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठ लगायतको अभिनय छ ।

शम्भुजित बाँस्कोटा/कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन रहेको चलचित्रमा मित्र देव गुरुङको सम्पादन रहने छ ।दशैँ रिलिज गर्ने तयारी रहेको यस ‘रातो टिका निधारमा’ चलचित्र ‘अल्लारे’को हिट गीत ‘रातो टिका निधारमा’को रिमेक भर्सन दर्शक माझ प्रतिक्षित छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु