चितवन, साउन २४ – त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र ‘साइनो’ आजबाट प्रदर्शन हुँदैछ । नेपालकी प्रथम नायिका भुवन चन्दले निर्माण गरेको चलचित्र ‘साइनो’ मा अभिनेत्रीद्दय निता ढुंगाना, मिरुना मगर तथा अभिनेता राजकुमार बिचको प्रेम कथालाई देखाईएको छ । उनिहरुको प्रेममा जातियताको कुरा घुसाईएको छ ।
चलचित्रलाई रमेश थापाले निर्देशन गरेका हुन् । चलचित्रमा निता, मिरुना र राजकुमारको अलावा नेपालकी प्रथम नायिका भुवन चन्द, बसुन्धारा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल लगायतको पनि अभिनय रहेको छ । चलचित्रले यस अघी चितवनमा गरिएको बिशेष शो मा राम्रो प्रतिकृया पाएको थियो ।
चलचित्रको कथा अभिमन्यु निरबीले लेखेका हुन् । शरण थापा सह निर्माता रहेको चलचित्र रमेश्वर कार्की र नवराज उप्रेतीले खिचेका हुन् । बेनिश शाह र मिलन श्रेष्ठले सम्पादन गरेको चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ भने एलिस कार्कीको संगीत रहेको छ ।


