युट्युबमा पनि राम्रो प्रतिकृया बटुल्दै ‘रामकहानी’

एटुजेड समाचार

चितवन, असार २१ – गत बर्षको भाद्र २२ गते प्रदर्शन भएको चलचित्र ‘रामकहानी’ युट्युबमा सार्वजनिक भएको छ । हलमा रिलिज भएको करिब १० महिना पछी चलचित्र शुक्रबार युट्युबमा सार्वजनिक भएको हो ।

चलचित्रले हलमा जस्तै युट्युबमा पनि राम्रो प्रतिकृया प्राप्त गरिरहेको छ । हलमा हिट भएको चलचित्र ‘रामकहानी’ युट्युबमा पनि हिट भईरहेको छ । युट्युबमा रिलिज भएको एक दिनमै ९ लाख ६६ हजार भन्दा धेरैले हेरिसकेका छन् । यस्तै चलचित्रले ३३ हजार भन्दा धेरै लाइक पाएको छ भने १ हजार ८ सय मात्र डिसलाइक पाएको छ ।

यस्तै युट्युबमा फिल्म हेरेका अधिकांशले राम्रो प्रतिकृया दिएका छन् । फिल्मको कथा बस्तु र प्रस्तुती राम्रो भएको युट्युबमा दर्शकहरुको प्रतिकृया रहेको छ । यस्तै कलाकारहरुको अभिनयको पनि तारिफ गरेका छन् ।

सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘रामकहानी’ लाई पूजा शर्मा र सुदर्शन थापाले संयुक्त रुपमा निर्माण गरेका हुन् । थापाकै कथा तथा निर्देशन रहेको चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन बिक्रम राई, रबिन्द्र झा, राजाराम पौडेल आदीको मुख्य अभिनय रहेको छ । सौरभ लामाले खिचेको चलचित्रलाई बनिश शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु