विराट भट्टको चलचित्र ‘साङ्लो’ १० लाख रकम दिने गाउँपालिकाले निर्णय

एटुजेड समाचार

काठमाडौं,असार ६- डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको बजेट काटेर विराट भट्टको चलचित्रलाई सहयोग गरेको छ । गाउँपालिका अध्यक्षको एकल निर्णयबाट चलचित्र निर्माणका लागि १० लाख खर्च गर्ने भएको हो ।

नायक भट्टले निर्माण गर्न लागेको चलचित्र ‘साङ्लो’ १० लाख रकम दिने गाउँपालिकाले निर्णय गरेको हो । जेठ २७ गते बसेको कार्यपालिकाको बैठकले चलचित्र निर्माणका लागि १० लाख दिने निर्णय गरेको हो । गाउँपालिकाले गरेको सो निर्णयको स्थानीयस्तरबाट व्यापक विरोध भइरहेको छ ।

चलचित्रमा गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले समेत अभिनय गरेका छन् । ओझा चलचित्रमा दुलहीको बुवाको भूमिकामा रहेका छन् । अध्यक्ष मात्रै नभई उनका सहोदर दाइ दीर्घराज ओझाले समेत अभिनय गरेका छन् । उनका दाइले पुजारीको भूमिकामा चलचित्रमा अभिनय गरेका छन् ।अध्यक्ष स्वयंले चलचित्रमा अभिनय गरेका कारण चलचित्रलाई रकम दिएको आरोप स्थानीयले लगाएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु