नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा पौडेल

एटुजेड समाचार

काठमाडौँ – नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राडा ढुण्डीराज पौडेल नियुक्त हुनुभएको छ । नवनियुक्त अध्यक्ष प्राडा पौडेलले आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।डा पौडेल हाल नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा नाक, कान तथा घाँटी विभागका प्रमुख तथा प्राध्यापकका रूपमा कार्यरत हुनुहुन्छ ।

यसअघि उहाँले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गर्नुभएको छ ।उहाँले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस गोल्ड मेडलसहित उत्तीर्ण गर्नुभएको हो । त्यसअघि उहाँले सोही संस्थानबाट एमबीबीएस अध्ययन पूरा गर्नुभएको थियो ।

प्राडा पौडेलले नेपाल मेडिकल काउन्सिलको नैतिकता तथा परीक्षा समितिका कार्यकारी सदस्य तथा समन्वयकर्ताका रूपमा समेत काम गरिसक्नुभएको छ । रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु