एन्जाइटी कम गर्न योग र ध्यानमध्ये कुन धेरै राम्रो ?

एटुजेड समाचार

हिजोआज, कामको दबाब, निद्राको कमी र जतिबेला पनि तनावमा रहनुपर्ने अवस्थाले मान्छेमा एन्जाइटीको समस्या लगातार बढिरहेको छ । यस्तोमा धेरैको मनमा योग वा ध्यानले पो तनाव र चिन्ता कम गर्न मद्दत गर्छ कि ? भन्ने पनि लागेको हुन सक्छ । आजको यस भिडियोमा हामी एन्जाइटी कम गर्न यी दुईमध्ये कुन बढी प्रभावकारी हुन सक्छ भनेर भारतमा गरिएको एउटा अध्ययनबारे कुराकानी गर्नेछौँ ।

अध्ययनमा ८१ सहभागीहरू समावेश थिए, जसलाई तीन समान समूहमा विभाजन गरिएको थियो । एउटा समूहले योग अभ्यास गर्‍यो, दोस्रोले ध्यान अभ्यास गर्‍यो र तेस्रो समूहलाई केही पनि गर्न लगाइएन । सुरुमा ३ हप्ता पछि र ६ हप्ता पछि एन्जाइटी मापन गरिएको थियो ।

यस अध्ययनमा बेक इन्भेन्टरी प्रयोग गरेर एन्जाइटी मापन गरिएको थियो । छ हप्तापछि योग अभ्यास गर्नेहरूको एन्जाइटी स्कोर १९ दशमलव ६७ बाट झरेर १३ दशमलव १५ अंकमा आएको पाइयो । ध्यान अभ्यास गर्नेहरूको एन्जाइटी स्कोर १८ दशमलव ४८ बाट झरेर १४ दशमलव ७० अंकमा ओर्लियो । सामान्य समूहको स्कोर भने १९ दशमलव ८९ बाट बढेर २० दशमलव ६३ अंकमा पुग्यो । यसको अर्थ दुवै विधिले चिन्ता कम गर्न सक्छ ।

के सबै प्रकारको एन्जाइटीमा यसले गर्छ काम ?

यहाँ एउटा महत्त्वपूर्ण कुरा बुझ्नु महत्त्वपूर्ण छ । यो अध्ययन केबल ८१ जनामा गरिएको थियो । यसको समयावधि पनि निकै कम अर्थात् केवल छ हप्ता मात्रै थियो । त्यसैले, यसको नतिजा सबैमा लागु गर्नु उपयुक्त हुँदैन । तर कहिलेकाँही चिन्ता वा हल्का बेचैन महसुस भयो भने योग अभ्यास लाभदायक हुन सक्छ ।

तर योग र ध्यानमा मात्रै पर्नु हुँदैन भर ?

कहिलेकाहीं मात्रै हुने सताउने तनाव अब सधैं देखिन थालेको छ र यसले निद्रामा समेत खलल पुर्‍याउन थालेको छ भने यस अवस्थामा तपाईंले ध्यान दिन जरुरी छ । बारम्बार तपाईंले प्यानिक अट्याकजस्तो महसुस गरिरहेको भएको छ वा स–साना कुरामा पनि अत्यधिक चिन्ता गर्न थाल्नुभएको छ भने योगले मात्रै समस्या समाधान हुँदैन । यस्तो खालको निरन्तर वा गम्भीर चिन्ता वा एन्जाइटीको अवस्थामा भने डाक्टरसँग परामर्श गर्नु जरुरी हुन्छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु