बागमती प्रदेश सरकारले भरतपुर–२३ लाई केन्द्रमा राख्दै राप्ती–नारायणी करिडोरलाई गौरवको आयोजनामा समावेश गरी ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यसका लागि भरतपुर–२३ का वडा अध्यक्ष दीपक दवाडीले प्रदेश सरकारका मुख्यमन्त्रीलाई पत्र लेखेर र भेटेर पहल गर्नुभएको थियो ।
जगतपुरदेखि कृष्णचोक, शंकरचोक, सारदानगर, विजय नगर हुँदै शिवघाट जोडिने करिब २० किलोमिटर सडकले भरतपुरको दक्षिण–उत्तर क्षेत्रलाई जोड्नेछ ।
यो आयोजना केवल सडक मात्र नभई चितवनको पर्यटन प्रवर्द्धन, चितवन राष्ट्रिय निकुञ्ज–नारायणी जलयात्रा, माडी–ठोरीसँगको सहज पहुँच तथा जगतपुर–पटिहानी क्षेत्रको विकासका लागि महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ ।


