विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण

एटुजेड समाचार

चितवन – विश्व वातावरण दिवसको अबसरमा मैयादेवी कन्या कलेजको आयोजना तथा ओम शान्ति टोल र शान्ति इन्द्रेणी टोलको सहकार्यमा सरसफाई तथा बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ ।

संबिधान सभा सदस्य एवम् कलेजका अध्यक्ष रामकृष्ण घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कलेजका प्राचार्य तेजप्रसाद पौडेल, प्रध्यापक संघका सभापति कृष्णप्रसाद न्यौपाने, सहायक क्याम्पस प्रमुख बलराम पौडेल, नगेन्द्र तिमिल्सिना, टोलका तर्फबाट रघुनाथ रेग्मी शम्भू कंडेल लगाएतका क्याम्पसका प्राध्यापक, कर्मचारी, बिद्यार्थी र टोलका सदस्यहरुको सहभागिता रहेको थियो ।

सो अबसरमा क्याम्पस परिसरमा कपुरका बिरुवाहरु रोपिएको थियो । सो क्रममा क्याम्पस र वरपरका क्षेत्रमा सरसफाई गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि घिमिरेले हरियाली प्रवद्र्धन गर्दै सरसफाईमा ध्यान दिन सबैलाई आग्रह गरे । यो संदेश मात्र भएको भन्दै उनले नियमित सरसफाई गर्न सबैसँग अनुरोध गरे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु