अटोमोवाइल्स बचत तथा ऋण सहकारीद्वारा स्थापना दिवसका अवसरमा खाद्यान्न हस्तान्तरण

एटुजेड समाचार

चितवन – अटोमोवाइल्स बचत तथा ऋण सहकारी संस्था लि. को १५ औं स्थापना दिवसको अवसरमा गामवेसीको चेपाङ संरक्षण केन्द्र, रत्ननगर–११, मंगलपुरमा खाद्यान्न हस्तान्तरण गरिएको छ ।संस्थाका अध्यक्ष कृष्ण प्रसाद काफ्ले र चितवन अटोमोवाइल्स एशोसिएसनका अध्यक्ष मोहन केसीले अध्यक्षता गरेको कार्यक्रममा संस्थापक अध्यक्ष भिमलाल न्यूरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सहकारीका अध्यक्ष कृष्ण प्रसाद काफ्लेले संस्थाको १५औं स्थापना दिवसको शुभकामना व्यक्त गर्दै संस्थासंग जोडिएर संस्थाका शेयर सदस्यले व्यक्तिगत रुपमा विभिन्न नगद र जिन्सि सामान सहयोग गरेकोमा धन्यवादसहित स्वागत गरेका थिए ।चितवन अटोमोवाइल्स एशोसिएसनका अध्यक्ष मोहन के.सी.ले गामवेशीको चेपाङ संरक्षण केन्द्रमा १५० जना चेपाङ बालबालिकाहरुलाई व्यवस्थित किसिमले लालन पालन गरेका केन्द्रका अध्यक्ष के.पी.किरण शर्माको प्रशंसा गरे ।

कार्यक्रममा चितवन अटोमोवाइल्स एशोसिएसनका निवर्तमान अध्यक्ष कुल बहादुर क्षेत्री (राजु), संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक ज्ञानु प्रसाद न्यौपाने, चितवन अटोमोवाइल्स एशोसिएसनका पूर्व अध्यक्ष महेन्द्र वाग्ले, अमृत जोशी, लायन्स क्लब अफ चितवन अटोमोवाइल्सका अध्यक्ष नवराज रिजाल र गामवेसीको चेपाङ संरक्षण केन्दका अध्यक्ष के.पी. किरण शर्मा, अटोमोवाइल्स बचत तथा ऋण सहकारी संस्था लि र चितवन अटोमोावइल्स एशोसिएसनका विभिन्न समिति र उप–समितिका पदाधिकारीको उपस्थिति थियो ।

संस्थाका सञ्चालक समिति सदस्य दिनेस प्रसाद पाठकको संयोजकत्वमा सम्पन्न सो कार्यक्रम संस्थाका सचिव सुनिल देवकोटाले सञ्चालन गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु