आँखी भौ तन्काउदै बोलिन्- “बाल मतलब”

एटुजेड समाचार

रमेश दियाली                                                                                                                                            चितवन,असोज १- बिस्तारै बोल, शान्ती मिल्छ । बोल्न त मलाई पनि आउँछ । भनिन्छ नि ब्यवहारले चिनिन्छ रे मान्छे । उनले आँखी भौ तन्काउदै बोलिन्- “बाल मतलब”। मेरो बाउ आमाको सम्पत्तिमा रज़ाई गरेका छौ। निधारको भूकुटी अलिकति खुम्चाउदै, कानमा सिउरेको कपाल गाला सम्म आउदै गर्दा पुनः टाउको झट्कारेर बोलिन्- त्यो औठी, जुन त्यो तिम्रो औलामा छ नि? त्यो पनि पोहोर सालको दशैमा बाले दिएको। तिमीले भन्न खोजेको के? सोध्न मन लागेको थियो तर सोधीन। मेरो अनुहारमा निराशका रंगहरू एका एक पोतिए। सम्मान र मर्यादा हुन्छ नि पतिको, बिवाह पछि पनि। मन मनै यसो भनिरहदा आँसुहरू बर्वती खसे। संमाहलीन खोजे। केही बोल्न र भन्न मन लागेन तर यसको मतलब यो होईन की म मौन छु। म धेरै टाढा गईसकेको हुनेछु। आफुलाई रोक्न खोज्दा खोज्दै फुत्त मुखबाट फुत्की हालो। मलाई पुलुक्क हेरिन्।

अनि तिमीले मेरो महत्त्व बुज्नेछौ। खुब रूने छौ। “बाल मतलब”। तल्लो ओठ लोपारदै बोलिन्। कति जेल हेरौ न? अरूको आडमा यस्तो चुरीफुरी। मैले बुझ्न नसकेको बिवाह। बिवाह भनेको त बिजुलीको करेन्ट जस्तै रहेछ, सही तार जोडीयो भने उज्यालो हुने र गलत तार जोडीयो भने झट्कै झट्का मात्र , पूरै अन्धकार। कोही भन्छन् संसार विश्वासले चल्छ त कोही प्रेमले तर हामीहरू बीच यो सबै हुदाँ हुदै पनि धरि धरि परिक्षा हुन्थ्यो । ज़िन्दगीको हरेक बिहान नयॉ शर्त लिएर जागिरमा जानु पर्ने अनि हरेक साँझ नयाँँ पुराना बाहानामा झगडा गर्नु पर्ने। उनि अनि मेरो प्रेम। एक साँझ घाम डुब्न लागेको थियो। म मस्त धुवामा आफुलाई हराईरहेको रहेछु। सिगरेटका टुक्राहरूले गिज्जाउदै थिए। छेऊमै त्यो पनि आफ्नै अपार्मेन्ट अगाडी। बाबा सुत्न जाऔ न? झसनङ्ग झस्के। सिगरेट चोर औलाको बीचबाट फ्यात भूईमा खसो। पैतालाले कुल्चीदै गर्दा छोरीले मेरो हात समातीन्। कलिलो बाल मष्तिक अनि कलिला हात। कति निश्चल र निर्दोष अनुहार। “साना-साना कोपीला हामी…., “। फोनको रिइग बज्यो। छोरी मुसुक्क हासीन्।

साच्चै भन्नु पर्दा छोरीको मन पर्ने गीत , साना-साना कोपीला हामी…. फोन उठाए। बिनोद रहेछ। हामी एउटै कम्पनीमा काम गर्छौ। अ भन्। हतारिदै बिनोद बोलो। भोली म तलाई पिक अप गर्न आउदीन है। किन भन्नै पाईन, फोन काट्यो। बिनोद र मेरो परिवार संग संगै जसो अमेरिका आएका थियौ । आज बिनोद संग गाड़ी,ल्यापटप, आईफोन खै के के हो सबै थोक छ । दिनौ देखाउछ मेरो यो छ त्यो छ भनी तर म सधै रित्यो थिए । बुढा बाँ , उमेरको हिसाबले ६० नागेका। हनुमान चालिसे पढ़ी रहनु भएको छ । टि:भीमा तिजको गित आई रहेको छ । छेऊमै आमा तरकारी काट्दै गर्दा आमाको हात काटियो । तर आमा मख्खै तिजको गितमा, काटेको पत्तै भएनछ। मलाई थाहा थियो भित्र उनि हिन्दी टेलीसिरियलमा मस्त छिन्। बाँ दमको रोगी छन्। जुत्ताको लेस फुकाल्दै गर्दा बाँ को खबर सोधे। आज डाक्टर भेट थियो,गयौ बाँ ? आवाज एकदमै भिन्न थियो। हनुमान चालिसे बन्द गर्दै बाँ बोले। खै कसले लगीदिने? बुहारीलाई भनेको, खै के काम छ भन्दै कोठा भित्र पसी। बा भन्दै थिए , सपना कहिल्यै राम्रो देख्दीन बावु? छोरीले हाँछीऊ गरिन् , सब्जी डरेछ। पानी हाल्दै आमा बोलीन् – खै के भा को आजकल ? सुद्धि पनि हराईसकेछ।

कोठा भित्र स्वाट पसे। उनि त च्याट गर्दा गर्दै निदाईछ्न्। फेसबुकको इनबक्स भरि मेसेजहरू छरपष्ट थिए । गुड नाईटको जवाफ अन्तिम मेसेज कपिल बस्नेतको थियो । “हजार जुनी सम्म खोजी बसे तिमीलाई, माया मेरो युग युगौ सम्म तिमीलाई दिए तिमीलाई..” उनको मोबाईलमा मधुरो आवाजमा गीत बजीरहेको थियो। म एक छिन अलमल्ल परे। छोरी दगुरेर आईन्। ममी………. उनि उठीन्। हतनपत्त फेसबुक लगआउट गर्दै गर्दा गीत पनि सकियो। कोठा सुनसान भयो। शरिर भरि कांडा उम्रेर आयो। छोरी उनको काखमा बस्दै गर्दा मैले सोधे- बाको आज डाक्टरसँग जचाउनुपर्ने थियो, किन नलगेको? सिलिइंग तिर हेर्दै बोलीन् -“बाल मतलब”। कनसिरी तातेर आयो। सुरू भई हाल्यो झगड़ा । सुनेको थिए, रिसको र रिसाउनेको कुनै ओखती छैन। बिनम्र पूवर्क शिर झुकाउदै गर्दा मलाई सम्बन्धविच्छेद (डिभोर्स) देउ भनिन्।

म भन्दै थिए- म झुक्न मन पराउछु। तिमी टुट्न मन पराउछौ। जब तिमी झिगाको संगत गर्छौ उसले तिमीलाई फोहोर तिर लैजान्छ, फूल तिर जाने हो भने माहुरीको संगत गर। “बाल मतलब”। त्यो रात ओल्टे कोल्टे हुदाँ हुदै बिहान खेरी झपक्क निदाएछु। सिमसिम पानी पर्दै गर्दा म सेतो घोड़ामा चढेर गईरहेको थिए। झलास्स बिउझे, बिहानको ११ बजी सकेछ। सपना पनि कस्तो। जिऊँ तन्काउदै गर्दा भित्तामा सजाई राखेको फ़ोटोमा आँखा गयो। छोरी जन्मेको बर्ष खिचेको। उनले मेरो कुममा हात राखेको थिईन् र छोरी मेरो काखमा। आमा ओछ्यानमा नै चिया लिएर आईन। सधै भन्दा अलिक भिन्न थियो अनुहार। चियाको चुस्की संगै आमा सन्चै छौ? मैले आमालाई यस्तो सोधीरहदा छोरीलाई सम्झे। खुब सम्झे। आमा ! छोरी खै? आमा हिक्क हिक्क रूदै बोलीन्। बुहारीले छोरीलाई लिएर बिहानै माईत गई। भन्दै थिई, अब कहिल्यै नआउने रे!!!!! चिया सरक्यो!!! आँखा बाट कति बेला आंशु चुहिएछ, पत्तै भएन। आमालाई गर्लाम्म अंगालो हाले। खुब रोए। कतिपय कुराहरू देखेको पनि असत्य हुन्छन। आमालाई सम्झाउदै थिए। बुहारी छोरीलाई लिएर आउछिन , आमा भन्दै थिईन्। बाँ लाई दम बडेछ।

इनहेलर(दमको औषधी) मुखमा लाउदै गर्दा छाती तल माथी गरेको प्रष्टै देखीन्थो बाँ को अनी प्रेसर पनि हवात्तै बढेछ। म सिगरेट सल्काएर धुवा फ्याक्तै गर्दा बा भूईमा लडे। लौ न के भो बालाई भन्दै पानी टाउकोमा हाल्दै गर्दा मैले ९११ कल गरे। बालाई ‘स्विडेनी मेडिकल सेन्टर’ को वडा न: २१२२ मा राखियो । “साना साना कोपीला हामी… “मोबाईलको रिङटिन बज्यो। छोरीलाई नसम्झी रहन सकिन। छिमेकी रिजाल बा रहेछन्। तिम्री आमा सिडी बाट लडिछ्न, खै खुट्टा भाचिन की क्या हो भन्दै थिए। मेरो त बोली नै बन्द भएछ। कै सोध्नै सकिन न त सोच्नै सके। मलाई मात्र किन यस्तो ? मन बाहेक को थियो र? मन मनै भने। दगुरेर घर आए। रिजाल बाँ ले पानी फुक्दै रहेछन। आमाको देव्रे पैतला देखी घुडा सम्म डम्म सुन्नेछ। छेऊमै गएर खुट्टा माडदै गर्दा आमाले मेरो गालामा सुम्सुयाईन। बाँ लाई कस्तो छ? अलिक विसेक भो आमा। तिमी चिन्ता नगर, म छु नी भन्दै गर्दा आमाले लामो सास फेरिन। छोरीको सम्झनाले असाध्यै मन पोलिरहेको थियो । यसै बेला आमाले खाना सेलायो खाना खान आउ बाबु भनी बोलाँउदै थिईन मैले भने आमा खाने मन छैन,पोहोर साल फेसबुकमा छोरीको फोटो सेयर गरेकी थिए हेर्न मन लाग्यो । फोटो हेर्दै गर्दा उनको फेसबुक प्रोफाईलमा जान मन लाग्यो ।

सर्च गरे तर भेटिन एकछिनमा थाहा भयो उसले त मलाई ब्लक पो गरेछिन हास्न मन लाग्यो । म त उनको लागि हार्स्थे तर सबै कुरा सम्झेर रुन मन लाग्यो । मैले उनिलाई यती धेरै माया गर्थे । फेरी नयाँ फेसबुक एकाउन्ट बनाएर उनलाई फ्रेन्ड रिक्योस्ट पठाएँ । फोटो राख्न भ्याएको थिएन उनले अरु नै सम्झी मलाई फ्रेन्ड बनाई हालिन मैले लेखे हाई फेरी एकछिनमा हेल्लो तिमी त्यहा छौ लेखे अँह पटक्कै रिप्लाई आएन । फेरी पनि लेखे मलाई थाहा छ तिमीले मलाई हाई पनि लेख्ने छनौ,किनकी तिमीसंग मेरो लागि समय नै कहाँ छ र, यसको मतलब यो होइन कि मैले तिम्रो समय नै वर्वाद गरे किनकी तिमी मेरो श्रीमती हौ ,, कसको एकछिन त म अलमल्ल परे । के आजकाल मनले सोध्यो मेरो हैन तिम्रो के छ भनी रिप्लाई गरिन म छक्क परे ,,म जन्मदा पाँच वर्षसम्म बोली थिएन रे आमाले भनेको शायद फेरी बन्द हुन्छ कि जस्तो लाग्दै छ ।

अनी मैले रिप्लाई गरे केही पुराना र नयाँ घटनाहरु सम्झेर बाचेँकी छु उनले फेरी रिप्लाई गरिन ‘बालमतलब’ सोध्न मन लाग्यो छोरीलाई सन्चै छ मलाई खुब खोज्छिन होला है मैले सोधेकी छु भन्देउ है भनेर लेखे पन्ध्र मिनेट पछी रिप्लाई गरिन हुन सक्छ भनी । ढिलो भए पनि रिप्लाई गरिन औपचारिक धन्यवाद दिए । मिल्छ भने छोरीको आवाज सुन्नुछ एकचोटी फोन गर न,भनी अनुरोध गरे । लेख्दै गर्दा उनी अफलाईन भाईसकिछन । फेरी एकसर्को सिगरेट तान्दै आजको दिन शुभ र सुखद बितोस् भनी अन्तिम म्यासेज छोडिदिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु