‘तिमीसँगै हुने मन छ’मा रविन्द्रको इन्ट्री

एटुजेड समाचार

चितवन, भाद्र ३० – चलचित्र ‘तिमीसँगै हुने मन छ’मा कलाकार रविन्द्र झाको इन्ट्री भएको छ । आज (सोमबार) निर्माण पक्ष र कलाकार रविन्द्रबिच कागजी सम्झौता भएको हो । चलचित्रका लागि रविन्द्रलाई विशेष भूमिकामा लिइएको निर्देशक दिवाकर भट्टराईले बताए ।मुख्य तीन पात्रमध्ये एउटा पात्रको लागि रविन्द्रलाई लिईएको भट्टराईले जानकारी दिए ।

यस अघि ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘एश्वर्य’, ‘क्याप्टेन’ चलचित्र निर्देशन गरिसकेका निर्देशक भट्टराईले नै ‘तिमीसँगै हुने मन छ’ लाई निर्माण पनि गर्न लागेका हुन् ।चलचित्रमा अभिनेत्रीको भूमिकामा दीपिका प्रसाइँ फाइनल भईसकेकी छन् भने मुख्य अभिनेता भने फाइनल हुना बाँकी रहेको छ । केही दिनमा नै मुख्य अभिनेता फाइनल गरि चलचित्रको अधिकारिक घोषणा गरिने बताईएको छ ।

लभस्टोरी जनरामा निर्माण हुने चलचित्रको छायांकन भने तिहारपछि शुरु हुनेछ। अहिले प्रि–प्रोडक्सनको काम तीव्र रुपमा भईरहेको निर्देशक दिवाकरले बताए।ओम नम शिवाय प्रोडक्शनको ब्यानरमा यो चलचित्र निर्माण हुनेछ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु