जितेको ३ महिना पछी पाए ‘को बन्छ करोडपति’ का बिजेता जैनले १ करोडको चेक

एटुजेड समाचार

काठमाडौं, भाद्र २८ – ए पि वान टेलिभिजन बाट प्रसारण हुने चर्चित फ्रान्चाइज टेलिभिजन रियालिटी शो ‘को बन्छ करोडपति’ का विजेता राजिव जैनले एक करोड रुपैया प्राप्त गरेका छन् । केबिसीको पहिलो संस्करणमा विजेता बनेको झण्डै तीन महिनापछि जैनलाई आज (शनिबार) एक करोडको चेक हस्तान्तरण गरिएको छ ।

ललितपुरको० होटल हिमालयमा एक कार्यक्रमका बीच जैनलाई एसआरविएन मिडियाका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार आचार्य, कार्यक्रम प्रस्तोता महानायक राजेश हमाल, सिभिल बैंकका सीईओ गोविन्द गुरुङ, क्रियटिम निर्देशक सुरक्षा अधिकारी लगायतले १ करोडको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त रकमले नेपालका धेरै स्थान घुम्ने जैनले बताए ।‘नेपाल घुमेपछि मात्रै बाहिरी मुलुक घुम्ने योजना बनाएको छु, केहि रकम समाजसेवामा पनि लगाउनेछु’, उनले भने।चेक हस्तान्तरण गर्दै महानायक तथा कार्यक्रम प्रस्तोता राजेश हमालले पहिलो सिजन आफुहरुको अपेक्षा भन्दा धेरै सफल भएकोमा खुसी लागेको सुनाए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु