चितवन, साउन ३२ – अभिनेत्री नम्रता श्रेष्ठले आफुलाई पहिलो पटक ‘जाइरा’ मा को रुपमा एक्सन फिल्मको लागि अफर आएको बताएकी छिन् । चलचित्रको प्रचार प्रसारको क्रममा आज भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत नम्रताले यस्तो बताएकी हुन् । सबैले आफुलाई लभरगर्लको रुपमा लिने गरेकोले पटक ‘जाइरा’ अघी कसैले पनि एक्सन फिल्मको लागि प्रस्ताव नराखेको नम्रताले बताईन् ।
“सबैले मलाई लभ स्टोरी र ड्रामा फिल्म नै गर्नु न भन्नु हुन्थ्यो उनले भनिन्, एक्सन फिल्मको लागि पहिलो पटक निर्देशक आशुतोषराज श्रेष्ठले प्रस्ताव राख्नु भयो । ” नम्रताले आफुले एक्सन फिल्म गर्छु भनेर कहिले पनि नसोचेको बताईन् । “मैले कहिल्यै पनि सोचेको थिईन् यस्तो फिल्म त्यही पनि फाइटरको रुपमा गर्छु भनेर – उनले भनिन् ।”
निर्देशक आशुतोषले पहिलो पटक फिल्मको लागि प्रस्ताव गर्दा पनि आफुलाई गर्न सक्छु भने कन्फिडेण्ट नभएको उनले बताईन् । तर पछी वर्कसप र ट्र्निङबाट धेरै मद्दत मिलेको नम्रताको भनाई रहेको थियो । उनले ट्रेनिङका दौरान शुरुका केही दिनमा निकै गार्हो भएता पनि पछी भने सहज भएको बताईन् ।
नम्रताले फिल्ममा आफ्नो भूमिका मिक्स मार्सल आर्ट खेलाडीको रहेको बताईन् । उनले फिल्ममा मिक्स मार्सल आर्ट र बदलाको कथा भएको बताए पनि अन्य कुरा भने खोल्न चाहिनन् । फिल्ममा २ करोड भन्दा माथिको लगानी लागेको नम्रताले जानकारी दिईन् । भिएफएक्सको कारण फिल्मको लगानी बढ्न गएको नम्रताले बताईन् । ‘जाइरा’ मा नम्रता अभिनेत्री सँगै निर्मात्री समेत हुन् ।
अभिनेता प्रमोद आग्रहरीले ‘जाइरा’ मा आफ्नो भूमिका खलनायककै भए पनि अन्य फिल्म भन्दा फरक रहेको बताए । “ यो फिल्ममा भिलेनको जुन बुझाई छ, मनोबिज्ञान र बिचर छ त्यो आँफैमा घिनलाग्दो र डरलाग्दो छ – प्रमोदले भने । ” उनले आफुले अहिले सम्म गरेको भूमिका भन्दा ‘जाइरा’ मा निकै फरक भूमिका रहेको बताएका छन् । ‘जाइरा’ मा आफुले निभाएको भूमिकाबाट निकै आनन्दित महसुस भएको उनले सुनाए । ‘जाइरा’ मा प्रमोद राजा नाम गरेका भिलेनको भूमिकामा रहेका छन् ।
चलचित्रका अर्का कलाकार सम्राट मगरले डेब्यु फिल्ममा नै राम्रो टिम सँग काम गर्न पाएको बताए । फिल्ममा सम्राट नम्रताको मार्सल आर्ट प्रशिक्षकको भूमिकामा रहेका छन् । उनले नम्रताले फिल्मको लागि निकै मेहनत गरेको भन्दै प्रसंसा गरे । सम्राट पेशाले पनि जिम ट्रेनर हुन् । चलचित्र ‘जाइरा’मा नम्रता, प्रमोद र सम्राट सँगै अनुपबिक्रम शाही,रेमनदास श्रेष्ठ, र नवकलाकार सृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको पनि अभिनय छ । कटामरी फिल्मसको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्डसेटर्स प्रालिको व्यानरमा निर्मित ‘जाइरा’मा कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् ।
भदौ ६ गते देखि प्रदर्शनमा आउने यस चलचित्रमा कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडले संगीत , सम्राट बस्नेतको द्वन्द, राउल मोक्तान र मेघराज चेम्जोङले कोरियोग्राफीको काम गरेका छन् । बाबु श्रेष्ठले खिचेको चलचित्रलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।चलचित्रमा निर्देशक आशुतोषराज र निरोज महर्जनको पटकथा छ ।



