बलिउडका महानायक अभिताभ बच्चनको ‘गुलाबो सिताबो’को लुक्स सार्वजनिक

एटुजेड समाचार

बलिउडका महानायक अभिताभ बच्चनको नया चलचित्र ‘गुलाबो सिताबो’को छायांकन भैरहेको छ । सार्वजनिक तस्विर हेर्दा जो कोहीलाई पनि अभिताभलाई चिन्न गाह्रो हुन्छ । लामो र सेतो दाह्री, आखाँमा गोलो चश्मा, गलबन्दी ओडेको तस्वीरमा अमिताभलाई भिन्न रुपमा देखाइएको छ ।चलचित्रलाई सफल निर्देशक तथा निर्माता सुजित सरकारले निर्देशन गरिरहेका छन् । अभिताभ बच्चनले पहिलो पटक आयुष्मान खुरानासँग काम गर्दैछन् । निर्माण कंम्पनीले आयुष्मानलाई केही समय अगाडि नै फाइनल गरेको थियो । सिनेमाको निर्माण कार्य भैरहँदा यसको निर्माणपक्षले अभिनेता अमिताभ बच्चनको लुक्स सार्वजनिक गरेको हो ।

अमिताभको लुक्स इन्टरनेटमा सार्वजनिक भएसँगै उनको यो लुक्सको चर्चा बलिउड मिडिया र सोसल मिडियामा निकै भैरहेको छ । केही समय अगाडि अभिताभले अन्तरवार्तामा भनेका थिए–‘छिट्टै नयाँ सिनेमा, नयाँ लुक्स, नयाँ कथा र नयाँ प्रस्तुती लिएर आउने बोलेका थिए ।’ त्यसलाई सार्थक बनाउनको लागि अभिताभले आफ्नो लुक्समा धेरै मिहिनेत गरेको सार्वजनिक तस्वीरमा देखिन्छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु