असार ०६ – लेजेन्ड्री गायक जगजित सिंहको नयाँ गीत सार्वजनिक भएको छ । सिंहको ‘संयोग’ बोलको नयाँ गीत शुक्रबार सार्वजनिक भएको हो । सार्वजनिक गीतमा जेबी संयोगीको शब्द तथा आलोक श्रीको संगीत रहेको छ ।
अमुल कार्कीको संगीत संयोजन रहेको गीतको भिडियोमा सीजल उप्रेती, रिवाज बिसुराल र सुशिल थापाको अभिनय रहेको छ । गीतमा प्रेम भाव देखाईएको छ । गीतको भिडियोलाई गणेश शाहीले निर्देशन गरेका हुन् । फराज अर्पणले खिचेको भिडियोलाई उनले नै सम्पादन गरेका हुन् ।


