भाईरल एलिना चौहान सँग बसन्त, सुजता र बेनिशाको ‘सम्बन्ध यस्तो’ (भिडियो सहित)

असार ०६ – ‘इन्स्टाको फोटो’ रेप्लाई भर्जन तथा ‘तिम्रो मायाले बाँधेर राख’ को फिमेल कभर भर्जन बनाएर चर्चामा आएकी एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । गायक तथा संगीतकार बसन्त सापकोटाको प्रस्तुतीमा ‘सम्बन्ध’ बोलको गीत सार्वजनिक भएको हो ।
सार्वजनिक ‘सम्बन्ध’ बोलको गीतमा एलिना सँगै बसन्त सापकोटा, सुजता वर्मा र बेनिशा पौडेलको आवाज रहेको छ । एलिना, बसन्त, सुजता र बेनिशाको कोलाब्रेसनमा गीत उत्कृष्ट बनेको छ । गीतले मित्रताको कथा बोलेको छ । असल मित्रहरुको मित्रतालाई गीतको माध्यमबाट देखाउन खोजिएको छ ।
गीतमा स्वप्निल बरालको शब्द तथा बसन्त सापकोटाकै संगीत रहेको छ । यस्तै गीतमा संगीत संयोजन भने सुदिप सागरको रहेको छ । गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।
तपाइँको प्रतिक्रिया