रत्ननगर – नेपाल वादरियो कराते चितवनको दोस्रो अधिवेशन रत्ननगर–१३, जयमंगलास्थित शिक्षा विकास इङ्लिस बोर्डिङ स्कुलमा सम्पन्न भएको छ। नेपाल वादरियो कराते चितवनका निवर्तमान अध्यक्ष अनिल उपरकोटीको अध्यक्षतामा सम्पन्न अधिवेशनले निशान्त धमलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।
सो अधिवेशन बाट उपाध्यक्षमा दिलीप पराजुली, सचिवमा सुरज मगर, सह–सचिवमा आश्ना अवस्थी र कोषाध्यक्षमा दीपेन्द्र पराजुली चयन हुनुभएको छ। त्यस्तै, सदस्यहरूमा अनूप उपरकोटी, जयबहादुर कुमाल, प्रवीण पाण्डे, सुशन रेग्मी, राज भुसाल र अङ्कित राना मगर चयन भएका छन ।
नेपाल वादरियो करातेका केन्द्रीय अध्यक्ष हरिशरण केसी प्रमुख अतिथि रहेको सो कार्यक्रममा नेपाल वादरियो करातेका केन्द्रीय सदस्य गणेश लोहोला तथा चितवन जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि शैलेश थापा अतिथिका रूपमा रहनुभएको थियो।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष धमलाले नेपाल वादरियो करातेको जिल्ला संगठनलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी रूपमा अगाडि बढाउँदै खेलाडीहरूको क्षमता विकास तथा कराते खेलको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।


