‘बार्सा नेपाल चितवन’ ले नयाँ कार्यसमिती चयन गर्ने

एटुजेड समाचार

चितवन, साउन २२ – चर्चित स्पेनिस क्लब बार्सिलोनाका चितवनमा रहेका समर्थकहरुको समुह ‘बार्सा नेपाल चितवन’ ले नयाँ कार्यसमिती चयन गर्ने भएको छ । ‘बार्सा नेपाल चितवन’ को बृहत भेटघाट कार्यक्रमले नयाँ कार्यसमिती चयन गर्ने अध्यक्ष कुशल लामिछानेले जानकारी दिए ।

नयाँ कार्यसमिती चयन गर्नका लागि यही साउन २५ गते बृहत भेटघाट कार्यक्रम आयोजना गरिएको अध्यक्ष लामिछानेले ए टु जेड समाचारलाई जानकारी दिए । कार्यक्रम तन्दुरी प्यालेस सप्तगण्डकीचोकमा बिहान १० बजेबाट शुरु हुने उनले बताए ।

सोही कार्यक्रममा बिच सदस्यता नविकरण तथा नयाँ सदस्यताको लागि आबेदन दिन सक्ने बताईएको छ । यस्तै उक्त कार्यक्रममा भावी कार्यक्रम तथा ‘बार्सा नेपाल चितवन’ लाई कसरी अगाडि लैजाने भन्ने बिषयमा पनि छलफल सदस्य लक्ष्मी काफ्लेले जानकारी दिईन् । सम्पूर्ण बार्सिलोनाका समर्थकहरुलाई एकताको शुत्रमा बाँधी बिभिन्न सामाजिक कार्य गर्ने बिषयमा पनि छलफल हुने आयोजकले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु