ढकाललाई पक्राउ गरी झुठो मुद्दा चलाएको भन्दै सन्देश फाउण्डेसनको गम्भिर आपत्ति

एटुजेड समाचार

चितवन, साउन २१ – सन्देश फाउण्डेसनका संस्थापक गौरबबाबु ढकालका बिरुद्धमा केही संचार माध्यमहरुले भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै संस्थाले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै फाउण्डेसनले समाज सुधारका निम्ति सक्रिय ढकालका बिरुद्धमा कपोलकल्पित समाचार सम्प्रेषण गरिएका घटनाबाट सम्पुर्ण युवा अभियान्ताहरुको मान मर्दन गरेको जनाएको हो ।

संस्थाले समाजमा भ्रम सिर्जना गर्ने समाचार सच्याउँन पनि जोडदार माग गरेको छ । साथै सन्देश फाउण्डेसनद्धारा संचालित सुनौलो बिहानी लागुऔषध उपचार तथा पुनस्र्थापना केन्द्रका संस्थापक ढकाललाई सत्यतथ्य नबुझी प्रहरी प्रशासनले गिरफ्तार गरी झुठा मुद्धा चलाएकोमा समेत आपत्ति जनाउँदै तत्काल मुद्या खारेजीको माग समेत गरेको छ । ‘तत्काल झुठा मुद्या खारेज गरी निःशर्त रिहाईको माग गर्दर्छौँ’ विज्ञप्तिमा भनिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु