‘मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल’ को चितवन अडिसन शुक्रबार हुने

एटुजेड समाचार

चितवन, साउन २१ -‘मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल २०१९’ को लागि अहिले देशका मुख्य मुख्य शहरहरुमा अडिसन भईर्हएको छ । प्रतियोगी खोज्न देशका बिभिन्न ठाउँमा अडिसन आयोजना गर्दै हिंडेको आयोजक ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले यही साउन २४ गते शुक्रबार चितवन अडिसन आयोजना गर्ने भएको छ ।

‘मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल २०१९’ को चितवन अडिसन आगामी २४ गते शुक्रबार चितवनको धावन रिकृयसन एण्ड पार्टी प्यालेस जागृतीचोकमा हुनेमा हुनेछ ।प्रतियोगिताको चितवन अडिसनको व्यवस्थापन कर्मा एभेन्ट्सले गर्नेछ । अडिसन बिहान ११ बजेबाट शुरु हुने कर्मा इभेन्ट्सका सिईओ समिर रायमाझीले जानकारी दिए । चितवन अडिसनको निर्णायकमा मिस्टर नेपाल वर्ल्ड २०१८ बिकल्पराज श्रेष्ठ सँगै इशा प्रधान र नेपाल डायरिजका प्रवन्ध निर्देशक बिनेश थापा रहनेछन् । अडिसनमा सहभागीता हुनका लागि न्युनतम ५.४ इन्च उचाई र प्लस २ उतिर्ण हुनुपर्ने निर्णायक बिकल्पराज श्रेष्ठले ए टु जेड समाचारलाई जानकारी दिए ।

यो वर्ष देखि अडिसनको लागि देशव्यापी रुपमा जाने योजना अनुरुप पोखरा, धरान र बुटवलमा १८ गते शनिबार अडिसन सम्पन्न भईसकेको छ भने चितवनमा साउन २४ गते शुक्रबार र काठमाडौँ मा साउन २७ गते सोमबार अडिसन राखिएको ग्रुप अफ इभेन्ट इन्टरटेनर्सका अध्यक्ष अनुप सक्सेनाले बताए । सबै अडिसन पछि साउन ३० बाट प्रशिक्षण सुरु गरिनेछ ।

मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल २०१९ को बिजेताले फिलिपिन्समा हुने ५१ औं मिस एसिया प्यासिफिक इन्टरनेशनल २०१९ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न पाउनेछन् । मिस एसिया प्यासिफिक इन्टरनेशनल फिलिपिन्सको मनिलामा सेप्टेम्बर २५ देखि १० अक्टोवर सम्म हुनेछ । यस्तै बिजेताले नगद २५ हजार सँगै २ लाख बराबरको अन्य पुरस्कारहरु पनि प्राप्त गर्नेछ ।

त्यस्तै फर्स्ट रनरअपले १ लाख २५ हजार बराबरको पुरस्कार संगै रु १५ हजार नगद पुरस्कार र मिस टुरिजम क्विन इन्टरनेशनल २०१९ मा सहभागीता जनाउन पाउने छन् भने सेकेन्ड रनर अपले १ लाख १० हजार बराबरको पुरस्कार संगै दक्षिण कोरियामा आयोजना हुने मिस ग्लोबल ब्युटी क्वीन २०१९ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु