जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ, २५ लाख रुपैयाँ बरामद

एटुजेड समाचार

काठमाडौं -प्रहरीले देशका विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा १०७ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सुर्खेतबाट ४१, सर्लाहीबाट २६, धनुषाबाट १८ तथा ललितपुर र काभ्रेपलाञ्चोकबाट ११/११ जना पक्राउ परेका हुन् ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट करिब २५ लाख रुपैयाँसमेत बरामद गरेको जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु