नारायणी महोत्सवमा भोलि कुमा सागर एण्ड द ख्वपाको लाइभ कन्सर्ट

एटुजेड समाचार

चितवन । चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा जारी दोस्रो नारायणी महोत्सव २०८३ मा भोलि मंसिर ७ गते चर्चित नेपाली सांगीतिक समूह कुमा सागर एण्ड द ख्वपाको विशेष लाइभ कन्सर्ट आयोजना हुने भएको छ । साँझ ५ बजेपछि ९ बजेसम्म उक्त कन्सर्ट हुने ।

महोत्सवमा दिनदिनै नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुति तथा आदिवासी जनजातीको साँस्कृतिक प्रस्तुति समेत भइरहेका छन् ।

यसका साथै महोत्सवमा चर्चित गायिका समिक्षा अधिकारी, रचना रिमाल, गायक अशोक दर्जी, अर्जुन सापकोटा, कुलिन्द्र विक, बसन्त थापा, खुमन अधिकारी, बबिना किराँती, कुशल बेलबासे, टिका सानु, बिन्दु परियार लगायतका राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

नेपाली मौलिक संगीत र फरक सांगीतिक शैलीका कारण युवा पुस्तामाझ लोकप्रिय कुमा सागर एण्ड द ख्वपाको प्रस्तुतिले महोत्सवको सांगीतिक माहोल थप उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु