काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउदै १२९ रन बनाएको हो।
चितवनका लागि रवि भोपाराले सर्बाधिक ४९ रन बनाएका थिए। त्यस्तै डेविड मलानले १६, अर्जुन साउद र सिकन्दर राजाले १५-१५ रन तथा विवेक यादवले १७ रन बनाएका थिए।
त्यसैगरी सुदूरपश्चिमका बलर स्कट कुगालानले २ विकेट लिए भने हेमन्त धामी, दिपेन्द्र सिंह ऐरी र अनिल खरेलले एक एक विकेट लिएका थिए।


