प्रधानमन्त्री बालेनलाई गगनको जवाफ : ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’

एटुजेड समाचार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को चेतावनीपूर्ण अभिव्यक्तिप्रति व्यंग्यात्मक प्रतिवाद जनाएका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत अप्रत्यक्ष रूपमा कडा चेतावनी दिएलगत्तै सभापति थापाले सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका हुन्।

सोमबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै सभापति थापाले आफूलाई तर्साउने र धम्क्याउनेहरू धेरै आए पनि त्यसबाट नतर्सिने स्पष्ट पारेका छन्। उनले लेखेका छन्, ‘अहिले ठीक १८ः०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन।’

यसअघि प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालमार्फत ‘सही समय आएपछि सबैको गलत समय आउँछ, एक/दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’ भन्दै चेतावनीयुक्त अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको केही समयपछि नै थापाको यो प्रतिक्रिया बाहिर आएको हो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु