काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपालप्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सलेदोस्रो जित दर्ता गरेको छ।
सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले पराजितगर्दै प्रतियोगितामा दोस्रो जित निकालेको हो।
जितका लागि चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले१७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। सुदूरपश्चिमकोजितमाब्रेन्डन म्याकुलमले सर्वाधिक ४३ रनको योगदान दिए।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रियक्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनलेनिर्धारित २०ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएकोथियो। चितवनका रवी बोपाराले सर्वाधिक ४९ रन बनाए।
सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए।
यस जितसँगै सुदूरपश्चिमले प्रतियोगितामा आफ्नोदोस्रो जित दर्ता गरेको छ।


