सप्तकोशीमा पानीको बहाब बढ्यो, सतर्क रहन आग्रह

एटुजेड समाचार

काठमाडौं : लगातारको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाब बढेर खतराको तहमा पुगेको छ।

पानीको तह १ लाख ७३ हजार ५ सय ९० क्युसेक पुगेपछि बिहीबार अपरान्ह ४:२० बजेसम्म ब्यारेजका २२ वटा ढोका खोलिएको छ।

अहिले पनि पानी परिरहेको र नदीमा जलसतह बढ्दो क्रममा रहेको ब्यारेजका प्राविधिकहरुले जनाएका छन्।

नदीमा खतरा बढेपछि सुरक्षा निकायले कोशी ब्यारेज हुँदै आवतजावत गर्ने सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु