चितवन गोल्डकप : वर्षाले रोकियो पहिलो सेमिफाइनल, खेल बिहीबार पुनः सञ्चालन हुने

एटुजेड समाचार

हानामी तेस्रो चितवन गोल्डकप फुटबलअन्तर्गत भरतपुर फुटबल क्लब (बिएफसी) र देवदह ब्वाईज रुपन्देहीबीचको पहिलो सेमिफाइनल खेल वर्षाका कारण स्थगित भएको छ।

पहिलो हाफ सकिएलगत्तै भारी वर्षा भएपछि दोस्रो हाफको खेल रोकिएको हो। रोकिएको खेल बिहीबार बिहान ८ बजे सञ्चालन गरिने प्रतियोगिता संयोजक धुर्व भुसालले जानकारी दिए।

खेल रोकिनुअघि बिएफसीले १-० गोलको अग्रता लिएको थियो। उसका लागि मुकुन्द निउरेले निर्णायक गोल गरेका थिए।

प्रतियोगिताअन्तर्गत बिहीबार नै दोस्रो सेमिफाइनल खेलसमेत हुनेछ। दिउँसो ४ बजे हुने उक्त खेलमा एप्पल गुरु सूर्यपुर एफसी र मलेसियाको एनपेनाङ एफसी प्रतिस्पर्धा गर्नेछन्।

आठ टोली सहभागी यो प्रतियोगिता आगामी असोज ३ गतेसम्म चल्नेछ। प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु