गाँजासहित वीरगञ्जबाट सामाजिक रूपमा परिचित धर्मदेव साह कानु पक्राउ

वीरगञ्ज – समाजमा सामाजिक व्यक्तित्वको परिचय बनाउँदै हिँडिरहेका धर्मदेव साह कानु ‘लालदेव’ आफैं गाँजासहित पक्राउ परेपछि उनको सार्वजनिक छविमाथि गम्भीर प्रश्न उठेको छ। बाहिर सामाजिक सेवाको परिचय, तर प्रहरीले गाँजा बरामद गरेको भनिएको घटनाले उनको परिचय र व्यवहारबीचको विरोधाभास उजागर गरेको छ।

वीरगञ्ज महानगरपालिका–इनर्वास्थित मनियारी चोकबाट जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको विशेष टोलीले साह कानुलाई करिब १८५ ग्राम गाँजासहित नियन्त्रणमा लिएको बताइएको छ। प्रहरीका अनुसार उनी गाँजा बिक्री–वितरण गरिरहेको अवस्थामा पक्राउ परेका हुन्।

घटना यतिमै सीमित छैन। साह कानुको पारिवारिक पृष्ठभूमि पनि अहिले चर्चामा छ। उनका छोरा नेपाल प्रहरीमा कार्यरत रहेको र श्रीमती पूर्व वडा सदस्य रहेको बताइएको छ। सुरक्षा निकायसँग जोडिएको परिवारका सदस्य नै लागुऔषधसम्बन्धी आरोपमा पक्राउ पर्नुले घटनालाई थप गम्भीर बनाएको छ।
सामाजिक परिचयको नाममा सम्मान बटुल्नु सजिलो हुन सक्छ, तर कानुनी प्रश्न उठेपछि त्यही परिचयले ढाकछोप गर्न सक्दैन। गाँजा बिक्री–वितरणमा उनको संलग्नतामा भने यो केवल व्यक्तिगत गल्तीको विषय नभई समाजका युवापुस्तामाथि प्रत्यक्ष असर पार्ने गतिविधिसँग जोडिएको गम्भीर विषय बन्नेछ।

उनको हर्कतले समाजमा राम्रो नतिजा भने दिएको छैन ।लागुऔषधविरुद्ध समाज र सुरक्षा निकाय निरन्तर संघर्ष गरिरहेका बेला सामाजिक रूपमा चिनिएका व्यक्तिमाथि नै यस्तो आरोप लाग्नुले झन् ठूलो प्रश्न खडा गरेको छ। सामाजिक सेवाको परिचय बनाउँदैमा कानुनले निषेध गरेको गतिविधिमाथि पर्दा हाल्न सकिँदैन।पक्राउ र आरोप आफैंमा दोष प्रमाणित भएको अन्तिम निष्कर्ष बुझ्न सकिन्छ ।

हाल उनीमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाएर थप अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको छ। अनुसन्धानले बरामद भएको भनिएको गाँजाको स्रोत, बिक्री–वितरणको आरोप र घटनामा अन्य व्यक्तिको संलग्नताबारे थप तथ्य बाहिर ल्याउने अपेक्षा गरिएको छ। मनियारी चोकको यो घटनाले एउटा कडा सन्देश दिएको सामाजिक परिचयको आवरण जति चम्किलो भए पनि कानुनी प्रश्न उठेपछि त्यसको उचित उपाय भने केहि हुँदैन ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु