भरतपुर अस्पतालमा भोलि ओपीडी सेवा बन्द रहने

एटुजेड समाचार

चितवन – सरकारी निर्णयअनुसार ‘जेनजी सहिद दिवस’को अवसरमा भोलि भदौ २३ गते भरतपुर अस्पतालको बहिरङ्ग (ओपीडी) सेवा बन्द रहने भएको छ। अस्पताल प्रशासनले एक सूचना जारी गर्दै मन्त्रिपरिषद्को गत भदौ १८ गतेको निर्णय बमोजिम सार्वजनिक बिदा परेकाले ओपीडी सेवा स्थगन गरिएको जनाएको छ।
ओपीडी सेवा बन्द रहे तापनि अस्पतालको इमर्जेन्सी (आकस्मिक) र अन्तरङ्ग (भर्ना) सेवा भने २४ सै घण्टा यथावत चालू रहने अस्पतालले जनाएको छ। नियमीत ओपीडी परीक्षणका लागि आउने बिरामीहरूलाई सोही अनुसार व्यवस्था मिलाउन अस्पताल प्रशासनले अनुरोध गरेको छ।May be an image of ‎text that says '‎नेपाल खरकार सवारथ्य तथा सात रधाक्षा मह्यालय भरतपुर अस्पताळ, चितवन पस. یه oer शने 材: मरतधर সুবরার ねイ -2043/04./22 सूचना!!! प्रस्तुत विपयमा नेपाल यरकार, मन्वर्परपद्को मित २०દબધડ को निर्णयानुमार मिती २०5੩ भाद्र २३ गते जेनजी सहिद दिवसको अवसरमा सार्वजनिक विदा परेकोले उक्त दिनमा यस अम्मतालको OPD सेवा बन्द रहनेद 1 इमर्जन्गी र अन्तरद्न सेवा اط मै घਾटा यधावत चालु र्हने ब्यहोरा सरम्वान्यित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिन्छ। अस्पताल प्रशासन [.mw. moslarAS webste E-mail- प्यवसायक मि्तनशीन द्रभानन विगাम, समুর मशाনন" 애북두-지9500호‎'‎

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु