हालसम्म १३१ जना सांसदले तलब कटाएर गरे बाढी पीडितलाई सहयोग

एटुजेड समाचार

काठमाडौं – संघीय संसद्का १३१ जना सांसदले आफ्नो तलब कटाएर बाढी पीडितलाई सहयोग गरेका छन् । यो सोमबारसम्मको विवरण हो ।

उनीहरूले आफूले प्राप्त गर्ने तलबबाट कटाएर सहयोग गर्ने गरी संघीय संसद् सचिवालयलाई पत्र लेखेका हुन् ।

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा २७५ सदस्यीय छ । राष्ट्रिय सभा ५९ सदस्यीय छ । यसमध्ये १३१ जना सांसदले तलब कटाएर बाढी पीडितलाई सहयोग गर्ने गरी संसद् सचिवालयलाई पत्र लेखेका हुन् ।

संसद् सचिवालयका अनुसार सोमबारसम्म नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले तलबबाट बाढी पीडितलाई सहयोग गर्ने गरी निश्चित रकम जम्म गरिदिन संसद् सचिवालयलाई आग्रह गर्दै पत्र लेखेका हुन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु