चितवन – सरकारी निर्णयअनुसार ‘जेनजी सहिद दिवस’को अवसरमा भोलि भदौ २३ गते भरतपुर अस्पतालको बहिरङ्ग (ओपीडी) सेवा बन्द रहने भएको छ। अस्पताल प्रशासनले एक सूचना जारी गर्दै मन्त्रिपरिषद्को गत भदौ १८ गतेको निर्णय बमोजिम सार्वजनिक बिदा परेकाले ओपीडी सेवा स्थगन गरिएको जनाएको छ।
ओपीडी सेवा बन्द रहे तापनि अस्पतालको इमर्जेन्सी (आकस्मिक) र अन्तरङ्ग (भर्ना) सेवा भने २४ सै घण्टा यथावत चालू रहने अस्पतालले जनाएको छ। नियमीत ओपीडी परीक्षणका लागि आउने बिरामीहरूलाई सोही अनुसार व्यवस्था मिलाउन अस्पताल प्रशासनले अनुरोध गरेको छ।


