पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै पत्रकार महासंघद्वारा प्रहरी परिसरमा धर्ना

एटुजेड समाचार

काठमाडौं – पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठको बिनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसरअगाडि धर्ना तथा प्रदर्शन गरेको छ ।

महासंघ अध्यक्ष निर्मला शर्माको नेतृत्वमा भएको प्रदर्शनमा पत्रकारहरूले कालोपट्टी बाँधेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नाराबाजी गरेका थिए ।

‘पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर’, ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

प्रहरीले श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । श्रेष्ठ पक्राउ परेको भोलिपल्ट जनआस्था साप्ताहिकको कार्यालयमा समेत प्रहरीले खानतलासी गरेको थियो ।

श्रेष्ठको पक्राउ र सञ्चारगृहमा गरिएको खानतलासीप्रति आपत्ति जनाउँदै महासंघले तत्काल बिनाशर्त रिहाइको माग गरेको छ । माग पूरा नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत महासंघले दिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु