रत्ननगरमा कौडा खेलिरहेको अवस्थामा ११ जना प्रहरी नियन्त्रणमा, २ लाख २५ हजार बढी नगद बरामद

एटुजेड समाचार

चितवन – चितवनको रत्ननगरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मिति २०८३ कात्तिक २४ गते राति करिब १०ः२५ बजे रत्ननगर नगरपालिका–१२ स्थित रामलाल चोकमा कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १६ थान कौडा र नगद २ लाख २५ हजार ३६० रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा पर्नेहरूमा रत्ननगर नगरपालिका–१३ का ४० वर्षीय सन्दिप दुवाडी, ४२ वर्षीय शंकर दुवाडी, ४० वर्षीय तुलसीप्रसाद बास्ताकोटी र ५३ वर्षीय गिरीराज भट्टना रहेका छन् ।

त्यस्तै, रत्ननगर–१२ का ३० वर्षीय किरण थिङ, ४५ वर्षीय दुर्गाप्रसाद काप्री र ४३ वर्षीय कृष्ण काप्री, रत्ननगर–१० का ५१ वर्षीय वियफा चौधरी, ४१ वर्षीय दीपक श्रेष्ठ, ४५ वर्षीय इन्द्रबहादुर श्रेष्ठ तथा भारत घर भई हाल रत्ननगर–१० बस्दै आएका ३२ वर्षीय छोटेलाल सहनी रहेका छन् ।

नियन्त्रणमा लिइएका ११ जनामाथि जुवासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु