मुग्लिन-काठमाडौं सडक खण्ड सुचारु भएको छ।
धादिङको मझिमटारमा सुख्खा पहिरो खसेपछि दुइतर्फी अवरुद्ध बनेको सडक पहिरो हटाएपछि सुचार भएको प्रहरीले जानकारी दिएको छ।
सडकमा लामो जाम रहेकाले लेन अनुशासन पालना गर्न प्रहरीले अनुरोध गरेको छ।


