धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित हुग्दिखोला नजिक पहिरो जाँदा मुग्लिन–काठमाडौं सडकखण्डदुवैतर्फबाट अवरुद्ध भएको छ।
पहिरोका कारण सडकमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ। हाल घटनास्थलमा दुई वटा मेसिन परिचालन गरी पहिरो हटाउने कार्य भइरहेको सम्बन्धित स्रोतले जनाएको छ।


