चितवन — भारतीय चलचित्र उद्योगका चर्चित अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ। मुम्बईस्थित एक अस्पतालमा उपचाररत रहेका बेला मंगलबार उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रदीप रावतले बलिउडसँगै तेलुगु, तमिल, कन्नड र मलयालमलगायत दक्षिण भारतीय चलचित्र क्षेत्रमा दर्जनौँ चलचित्रमा अभिनय गरेका छन्। विशेषगरी खलनायकको भूमिकामा उनको अभिनय निकै लोकप्रिय छन्।
उनले लगान, गजनी, सरफरोश, द हिरो लगायतका चर्चित हिन्दी चलचित्रमा अभिनय गरेका थिए भने दक्षिण भारतीय चलचित्रतर्फ साइ (Sye), स्टालिन, वीरम लगायतका चलचित्रमा पनि आफ्नो प्रभावशाली अभिनय प्रस्तुत गरेका छन्।
भारतीय चलचित्र क्षेत्रमा स्थापित पहिचान बनाएका रावतले नेपाली चलचित्र ‘र्हस्वदिर्घ’ मा समेत अभिनय गरेका थिए। र हालै नेपाली फिल्म ‘आबाट आमा-२’ को छायांकन पनि सम्पन्न गरेका थिए।


