पेट्रोल–डिजेलको भाउ बढ्यो

एटुजेड समाचार

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि भएको निगमले जनाएको छ।

निगमले पेट्रोल प्रतिलिटर तीन, डिजेल र मट्टितेल पाँच रुपियाँले वृद्धि गरेको छ। यस्तै, हवाई इन्धन आन्तरिकतर्फ २० र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले वृद्धि भएको छ।

इण्डियन आयल कर्पोरेसनले ३१ जुलाई, २०२६ मा पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा २० रुपियाँ १९ पैसा, डिजेलमा ३९ रुपियाँ ६७ पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपियाँ छ पैसा बढेर आएको छ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य काठमाडौँ, पोखरा र दिपायलमा  प्रतिलिटर २०० पुगेको छ। सुर्खेत र दाङमा १९९ कायम भएको छ।

त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगन्ज, भलवारी, धनगढी र वीरगन्जमा १९७ रुपियाँ ५० पैसा पुगेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।

यसअघि पेट्रोल प्रतिलिटर १९७ र डिजेल र मट्टितेल प्रतिलिटर १९५ रुपियाँ रहेको थियो। पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गर्दा पनि निगमलाई पाक्षिक रूपमा एक अर्ब ४९ करोड बराबरको घाटा हुने जारी विज्ञप्तिमा उल्लेख छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु