चितवनमा EV भ्यानको ठक्करबाट पैदल यात्रुको मृत्यु

एटुजेड समाचार

चितवन — चितवनको राप्ती नगरपालिका–८ खुरखुरेमा इभि भ्यानको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ।

प्रहरीका अनुसार २०८३ असार १७ गते बा.प्र. ०३–००१ ज ४७८ नम्बरको EV भ्यानले पैदल यात्रु मोहम्मद बसु शेखलाई ठक्कर दिएको थियो। भारतको बिहार राज्य, सीतामढी घर भई हाल चितवनको खैरहनी नगरपालिका–६ पुरानो पर्सामा डेरा गरी बस्दै आएका करिब ३४ वर्षीय शेख दुर्घटनामा गम्भीर घाइते भएका थिए।

उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा असार २५ गते चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनामा संलग्न EV भ्यानका चालक राप्ती नगरपालिका–६ प्यारिढाप निवासी ३६ वर्षीय कृत्य बहादुर तामाङलाई इलाका प्रहरी कार्यालय भण्डाराले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु