चितवनमा कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

एटुजेड समाचार

चितवनको राप्ती नगरपालिका–७, वीरेन्द्रनगरस्थित पूर्व–पश्चिम राजमार्गमा कारको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।

गत असार १७ गते बा ७१ प १८७२ नम्बरको मोटरसाइकललाई बा ७ च ७१३९ नम्बरको कारले ठक्कर दिँदा मोटरसाइकल चालक भारतको मोतिहारी, झाँझर घर भई हाल राप्ती–७ वीरेन्द्रनगर बस्दै आएका ३६ वर्षीय मुन्ना कुमार साह गम्भीर घाइते भएका थिए। उनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको थियो।

उपचारकै क्रममा असार २५ गते चिकित्सकले साहलाई मृत घोषणा गरेका हुन्।

दुर्घटनामा संलग्न कार चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ निवासी ३४ वर्षीय शम्शेर बहादुर हायु पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय भण्डारको टोलीले उनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु