लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक खेलमा इरान र न्युजिल्यान्डले २–२ गोलको बराबरी खेलेका छन्।
अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस रङ्गशालामा भएको खेलको अन्तिममा दुवै टोलीले आक्रामक खेल पस्किए पनि थप गोल हुन सकेन।
खेलको ८५ औँ मिनेटमा इरानले न्युजिल्यान्डको पेनाल्टी बक्स वरपर लगातार दबाब बढाउँदै गोल गर्ने प्रयास गरेको थियो। सोही क्रममा बल इरानी खेलाडी साइद एजातोललाहीको नियन्त्रणमा पुगेको थियो। उनले डिबक्स बाहिरबाट प्रहार गरेको प्रहार क्रसबारको निकै माथिबाट बाहिरिएपछि इरानले खेलमा अग्रता लिने सुन्दर मौका गुमायो।
राजनीतिक रूपमा तनावपूर्ण सम्बन्ध रहेका आयोजक राष्ट्र अमेरिका र इरानबीचको यो भिडन्त निकै गम्भीर माहोलमा खेलिएको थियो।
महिनौँ लामो युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको केही घण्टापछि नै दुई देशबीच खेल सुरु भएको हो। खेलको सुरुआती समयमा न्युजिल्यान्डले अग्रता लिए पनि इरानले उत्कृष्ट पुनरागमन गर्दै खेललाई २-२ गोलको बराबरीमा सकेको हो ।


