एसियन गेम्स छनोटमा नेपालको हार, तेस्रो स्थानबाट छनोट हुने आशा कायम

एटुजेड समाचार

काठमाडौँ – एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा नेपाल घरेलु टोली मलेसियासँग पराजित भएकाे छ। मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा भएकाे खेलमा नेपाल दुई विकेटले पराजित भएकाे हाे।

टस जितेर पहिला ब्याटिङ गरेकाे नेपालल १२७ रनकाे लक्ष्य मलेसियालाई दिएकाे थियाे। जवाफी ब्याटिङमा उत्रिएकाे मसेसियाले १८.४ ओभरमै ८ विकेट गुमाएर लक्ष्य भेटाएकाे हाे।

याे हारसँगै फाइनलमा पुग्दै यही वर्ष जापानमा हुने एसियाली खेलकुदका लागि सिधै छनोट हुने अवसर नेपालका लागि फुत्किएकाे छ। तर अर्काे अवसर भने नेपाललाइ छ।

अब नेपालले तेस्रो स्थानका लागि हुने खेलमा जित हासिल गर्नुपर्ने हुन्छ। यो छनोटबाट फाइनलमा पुग्ने दुई टोली र तेस्रो हुने टोली एसियाली खेलकुदका लागि छनोट हुनेछन्।

समूह चरणको पहिलो खेलमा चीलाई १९ रन र इन्डोनेसियालाई ४ विकेटले हराएको नेपाल सेमिफाइनलमा भने मलेसियासँग पराजित हुन पुगेकाे हाे।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु