मानिस किन उमेर नपुग्दै बुढो देखिन्छ ? यस्ता छन् कारण र बच्ने उपाय

एटुजेड समाचार

हरेक मानिसलाई लामो समयसम्म जवान, आकर्षक र ऊर्जावान देखिन मन हुन्छ। तन्नेरी उमेरमा मानिसको अनुहार स्वाभाविक रूपमा चम्किलो र आकर्षक देखिने भएकाले धेरैले सधैँ युवा देखिन चाहन्छन्। तर बदलिँदो जीवनशैली, असन्तुलित खानपान, व्यस्त दिनचर्या र शारीरिक व्यायामको कमीका कारण आजकल धेरै मानिस उमेरभन्दा चाँडै बुढो देखिन थालेका छन्।

सामान्यतया उमेर बढ्दै जाँदा छालामा रुखोपन, फिक्कापन र चाउरीपन देखा पर्नु प्राकृतिक प्रक्रिया हो। बिस्तारै शरीर कमजोर हुँदै जान्छ र छालाले आफ्नो लोच गुमाउन थाल्छ। तर कतिपय अवस्थामा उमेर नपुग्दै अनुहार तथा शरीरमा बुढ्यौलीपनाका संकेत देखिन थाल्छन्, जसलाई चिकित्सकीय भाषामा “एन्टी एजिङ समस्या” वा “प्रिम्याच्योर एजिङ” भनिन्छ।

विशेषज्ञहरूका अनुसार यसको मुख्य कारण पूर्ण रूपमा पत्ता लागिसकेको छैन। तर वंशानुगत गुण, अस्वस्थ खानपान, वातावरणीय प्रदूषण, तनाव र अव्यवस्थित जीवनशैलीलाई यसको प्रमुख कारण मानिन्छ। दैनिक जीवनमा धुलो, धुँवा, चर्को घाम, पर्याप्त निद्राको कमी तथा शारीरिक गतिविधिको अभावले छालामा नकारात्मक असर पुर्‍याउँछ।

उमेर बढ्दै जाँदा छाला पातलो हुँदै जान्छ र छाला तथा मांसपेशीबीच रहेको बोसो घट्न थाल्छ। बोसो कम भएपछि अनुहार लगायत शरीरका विभिन्न भागको छाला चाउरिनुका साथै झोलिन थाल्छ। यसरी छालाको प्राकृतिक चमक र कसावट हराउँदै जाँदा मानिस उमेरभन्दा बढी बुढो देखिन सक्छ।

यस्ता समस्या नियन्त्रण गर्न स्वस्थ जीवनशैली अपनाउनु अत्यन्त आवश्यक हुन्छ। नियमित व्यायाम गर्ने, प्रशस्त पानी पिउने, पौष्टिक तथा सन्तुलित आहार खाने, पर्याप्त निद्रा लिने र तनाव कम गर्ने बानीले छालालाई स्वस्थ राख्न मद्दत गर्छ। साथै धूम्रपान, मदिरा सेवन र अत्यधिक जंक फुडबाट टाढा रहनु पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ।

Forbes

स्वस्थ बानी र सकारात्मक जीवनशैली अपनाउन सके उमेर बढे पनि शरीरलाई स्वस्थ, सक्रिय र आकर्षक राख्न सकिन्छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु