चितवन उद्योग वाणिज्य संघमा चितवन रोजगार मेला–२०८३ सञ्चालन हुने

एटुजेड समाचार

भरतपुर – चितवन जिल्लाको उद्योग, व्यापार, लगानी, उद्यमशीलता तथा निजी क्षेत्रको हकहित प्रवद्र्धन गर्दै आर्थिक तथा सामाजिक विकासमा निरन्तर कार्य गर्दै आईरहेको चितवन उद्योग वाणिज्य संघ र  ग्रोथ सेलर प्रा. लि. को सयुक्त आयोजना तथा भरतपुर महानगरपालिको सहयोगमा स्थानीय स्तरमा उपलब्ध दक्ष तथा अर्ध–दक्ष जनशक्ति र रोजगारदाता संस्थाहरूबीच प्रत्यक्ष समन्वय गराउने उद्देश्यका साथ “सिप, अवसर र रोजगारी” भन्ने मूल नाराका साथ मिति २०८३ जेठ १५ गते चितवन उद्योग वाणिज्य संघको मिनि प्रदर्शनी केन्द्रमा “रोजगार मेला–२०८३” आयोजना हुन लागेको छ ।

रोजगार मेलामा विभिन्न क्षेत्रका करिब ३५ वटा रोजगारदाता व्यवसायिक प्रतिष्ठानहरुको सहभागिता रहने हुदाँ रोजगारको खोजीमा रहेका युवाहरु प्रत्यक्ष रूपमा सहभागी भई रोजगारी, करिअर विकास तथा सीपसँग सम्बन्धित अवसर प्राप्त गर्ने अवसर हुने हुदाँ सहभागिका लागि चितवन उद्योग वाणिज्य संघ हार्दिक अनुरोध गर्दछ ।

जेठ १५ गते विहान ९ बजे देखि वेलुका ६ बजे सम्म सञ्चालन हुने एक दिने चितवन रोजगार मेला–२०८३ मा युवाहरुलाई स्थानीय स्तरमै रोजगार र अवसरसँग जोड्ने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रमले समग्र आर्थिक गतिविधि, उद्यमशीलता प्रवद्र्धन तथा युवा सशक्तीकरणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास आयोजक संस्थाले लिएका छ । मेलाले रोजगारीको खोजीमा रहेका युवा वर्ग र उपयुक्त कर्मचारीको खोजीमा रहेका उद्योगी–व्यवसायीहरूबीच एउटा भरपर्दो माध्यम बन्ने आयोजकको विश्वास रहेको छ ।

रोजगार मेला २०८३ मा ईसेवा, क्यूएफएक्स सिनेमास्, चित्रवन यूनिक नेट, डिस होम, ग्लोबल डरी, सेल्सवेरी चितवन, चौधरी ग्रुप, कस्तुरी फर्माच्यूटिकल्स, भायानेट कम्यूनिकेशन, सिटिजन लाइफ इन्स्यूरेन्स, सन नेपाल लाइफ इन्स्यूरेन्स, सिजी कम्यूनिकेशन, साग्रीला डेभलपमेन्ट बैंक, सिद्धार्थ हस्पिटालिटि, फुडमाण्डु, याक व्रुअरी, याक वेरीग्रेन्ट, कोकाकोला बेभरेज, एडिसि फुड, रवी एण्ड सन्नी इन्डष्ट्रिज, सिद्धार्थ प्रिमियर इन्स्यूरेन्स, क्लासिक टेक चितवन, सजिलो नेट,  नेपाल क्यान गु्रप, भरोसा हस्पिटल चितवन, ट्रानक्वालीटी स्पा, वल्डलिङ्क कम्यूनिकेशन, सोल्टी वेस्टन रिसोर्ट, दुरशिक्षा एजुकेशन नेटवर्क, नविल बैंक, जस्मीन पेन्ट, मेघौली सेराई, ताज सफारी, हिमालयन डिष्ट्रिलरी, ग्रोर्थ लेडरसिप एकेडेमी लगायतको स्टल रहने छन ।

चितवनमा नै पहिलोपटक आयोजना गरिएको यस मेलामा करिव एक हजार जना रोजगारीको खोजिमा रहेका यूवाहरुको सहभागिता हुने र कम्तीमा दुइ सय पचास जनाले रोजगारी प्राप्त गर्ने अपेक्षा गरिएको चितवन उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले बताउनुभयो । उहाँले उक्त मेलामा प्रवेश निशुल्क रहेकोले मेलाको अवलोकन तथा जानकारी लिन यसै सूचनालाई आधार बनाएर मेलामा सहभागि हुन अनुरोध गर्नुभएको थियो ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु