भरतपुर – चितवन उद्योग वाणिज्य संघले आज आन्तरिक राजश्व कार्यालय भरतपुरको प्रङ्गडमा निर्माण गरेको कर सहायता कक्षको उद्घाटन गरेको हो । चितवन उद्योग वाणिज्य संघको आयोजना एवम GIZ-RSRSD को प्राविधिक सहयोग तथा आन्तरिक राजश्व कार्यालय भरतपुरको सहयोगमा कर सहायता कक्ष निर्माण भएको हो ।
कर सहायता कक्षको उद्घाटन कार्यक्रमा स्वागत मन्तव्य व्यक्त गदै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले आज भन्दा ३ वर्ष अगाडी देखि चितवनका उद्योगी व्यवसायीहरुलाई निशुल्क रुपमा कर सम्बन्ध झन्जटहरुलाई निराकरण गर्ने उद्देश्यले कर सहायता कक्ष निर्माण गरी सञ्चालन गरेका बताउनुभयो । उहाँले गत भाद्र २३ र २४ को जेन्जी मुमेन्टको समय उक्त कार्यालय जलेर ध्वस्त भएको र यसलाई GIZ-RSRSD र आन्तरिक राजश्व कार्यालयको सहयोगमा पुन निर्माण गर्न सफल भएको बताउनुभयो । उहाँले यो कर सहायता कक्ष चितवन उद्योग वाणिज्य संघको मात्र नभइ चितवनका सबै निजी क्षेत्रको साझा भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राज्य सञ्चालनको मूल खम्बा नै कर भएको बताउँदै उहाँले करदातालाई सहज वातावरण बनाउनका लागि कर सहायता कक्ष निर्माण गरि सञ्चालन गरेको चितवन उद्योग वाणिज्य संघ, GIZ-RSRSD लाई आभार प्रकट गर्नुभयो । उहाँले कतिपय अवस्थामा करसम्बन्धी प्राविधिक ज्ञान, झन्झटिलो प्रक्रिया वा नयाँ नियमहरूको अन्योलताका कारण करदाताहरू चाहेर पनि समयमा कर बुझाउन असमर्थ भइरहेका हुन्छन् । आज उद्घाटन गरिएको यो सहायता कक्षले करदाता र कर प्रशासनबीचको दूरीलाई मेटाउनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि GIZ- RSRSD का Head of Programme, Mr. Syed Mehdi Raza Rizvi ले चितवनका करदातालाई कर दाखिला गर्न सहज वातावरण निर्माण गर्ने उद्देश्यले करदाता सहायता कक्ष निर्माणका लागि सहयोग गरेको बताउनु भयो । उहाँले सहायता कक्षले करदाता कार्यालयमा आउँदा झन्झटमुक्त, मैत्रीपूर्ण र सहयोगी वातावरण पाउन सहज हुने बताउनुभयो ।
कर सहायता कक्षको नवर्निमत भवनको जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, GIZ- RSRSD sf Head of Programme, Mr. Syed Mehdi Raza Rizvi र चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले सयुक्त रुपमा रिवन काटेर उद्घाटन गनुभएको थियो ।
कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम् नेउवामहासंघका कार्यकारिणी समिति सदस्य सुमनकुमार श्रेष्ठ, नेउवामहासंघका कार्यकारिणी समिति सदस्य एवम् रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी, जिल्ला प्रहरी कार्यालयको प्रमुख रामेश्वर पौडेल, GIZ- RSRSD का फिनानसियल म्यानेजमेन्ट एण्ड एडमिनिस्ट्रेशन एडभाईजर नविनलाल श्रेष्ठ लगायत आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरु, चितवनका निजी क्षेत्रका पदाधिकारी कार्यसमितिको उपस्थिति रहेको थियो । चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षता गर्नुभएको कार्यक्रम संघका कार्यक्रम कार्यकारी निर्देशक निलबहादुर के.सीले सञ्चालन गर्नुभएको थियो ।


