महिला क्रिकेट : नेपालले आज चीनसँग प्रतिस्पर्धा गर्दै

एटुजेड समाचार

काठमाडौं नेपाली महिला क्रिकेट टोलीले आज एसियाली खेलकुदको महिला छनोटको समूह चरणमा चीनसँग खेल्दैछ।

चीनको महिला राष्ट्रिय टोलीसँग नेपाली टिमले ८७ महिना पछि खेल्न लागेको हा।  नेपाल र चीनबीचको खेल आज बिहान ११ः४५ बजेबाट मलेसियाको वायोमास ओभलमा हुनेछ।

नेपाल र चीनबीच सन् २०१९ को फेब्रुअरी पछि पहिलो पटक हुन लागेको हो।

छनोटको पहिलो दिन इन्डोनेसियालाई हराएर सुखद सुरुवात गरेको चीन नेपालसँगको खेल जितेर छनोट हुने लक्ष्यमा छ। नेपालको भने पहिलो खेल हो।

चीनका विरुद्ध नेपाली महिला टोलीलाई तेस्रो पटक मैदान उत्रदैछ। यसअघिका दुवै भेटमा नेपाल विजयी भएको छ। चीनसँगको ट्वान्टी २० अन्तर्राष्ट्रियमा पहिलो पटक १२ जनवरी २०१९ मा भेट भएको थियो ।

Forbes

पहिलो भेटमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो । चीनसँग सोही वर्षको फेब्रुअरी महिनामा भएको दोस्रो भेटमा नेपाल ५ रनले विजयी भएको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को पछिल्लो वरियतामा नेपाल २२औं स्थानमा रहँदा चीन भने ४३औं स्थानमा छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु