आजबाट चितवन अटो – शो शुरु : मुख्यमन्त्री बानियाद्वारा उद्घाटन

एटुजेड समाचार

भरतपुर – चितवन अटोमोवाइल्स डिलर्स एशोसिएसन र चितवन अटोमोवाइल्स एशोसिएसनको संयुक्त आयोजना तथा भरतपुर महानगरपालिका, चितवन उद्योग संघ, चितवन उद्योग वाणिज्य संघको सहकार्यमा चितवन प्रदर्शनी केन्द्र भरतपुरमा दोश्रो संस्करणको रुपमा चितवन अटो शो २०२६ को शुभारम्भ भएको छ ।

चितवन अटोमोवाइल्स डिलर्स एशोसिएसनका अध्यक्ष ईन्द्र प्रसाद रेग्मी र चितवन अटोमोवाइल्स एशोसिएसनका अध्यक्ष मोहन के.सी.को अध्यक्षतामा सम्पन्न अटो शोलाई बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले उद्घाटन गर्नुभयो । प्रमुख अतिथि बानियाँले अबको प्रदेश नीतिमा अटो व्यवसायीहरुको समस्याकको समाधान हुने नीति तयार गर्ने प्रत्येक वर्ष अटो शोको लागि प्रदेश सरकारबाट बजेटको समेत व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

चितवन अटोमोवाइल्स डिलर्स एशोसिएसनका अध्यक्ष ईन्द्र प्रसाद रेग्मीले स्वागत गर्नुभएको कार्यक्रममा संयोजक राजन पियाले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिका कार्य बहाक नगर प्रमुख चित्रसेन अधिकारी, नेपाल अटो मेकानिकल व्यवसायी महासंघका अध्यक्ष गोपाल भट्टराई, चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे, चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष जनक कुमार पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

अटो शोमा नयाँ–नयाँ प्रविधि, सवारीसाधन र विशेष अफरहरू एकै ठाउँमा ल्याएर अटोमोबाइल बजारलाई चलायमान बनाउन सहयोग पुग्ने, सवारीको खरिद बिक्रीमा उत्साह थप्दै, विशेष गरी विद्युतीय सवारी (ईभी) र नवीन प्रविधिहरूबारे उपभोक्तालाई सूचित र आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास लिइएको छ ।

अटो शोको माध्यमबाट सुस्ताएको अटोमोबाइल बजारलाई चलायमान बनाउन र अर्थतन्त्रमा सकारात्मक उर्जा थप्न, सवारीसाधन, स्पेयर पाट्र्स, लुब्रिकेन्ट्स र बैंकिङ सेवा एकै ठाउँमा उपलब्ध गराउने, ग्राहकहरुले विभिन्न कम्पनीका नयाँ मोडलका गाडीहरूसँगै विशेष छुट र फाइनान्स सुविधाहरू उपलब्ध गराउन, नयाँ गाडी किन्नु अघि निरीक्षण गर्ने र बजारको अवस्था बुझ्ने उत्तम अवसर प्रदान गर्ने विश्वास लिईएको छ ।

Forbes

अटो शो अन्तर्गत नेपालकै अटोमोवाईल्स क्षेत्रमा लामो समय अनुभव सम्हालेका विज्ञहरुबाट “अटो सेमिनार” र चितवन आसपासका विभिन्न विद्यालयहरुमा कक्षा ४ देखि ८ सम्म अध्ययन गर्ने विद्यार्थी तथा विद्यार्थीका अभिभावकहरुको उपस्थितिमा “हेल्मेट प्रयोगको सचेतना एवम् अन्तर्राष्ट्रियस्तरको हेल्मेट वितरण” कार्यक्रम समेत रहनेछन् ।

करीब १० हजार जनाले अवलोकन गर्ने लक्ष्य लिइएको अटो शोमा रु.५० करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । भने, दैनिक स्थानीय कलाकारहरुद्वारा साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिनेछ ।

उद्घाटन कार्यक्रमलाई चितवन अटोमोवाइल्स एशोसिएसनका अध्यक्ष मोहन के.सी.ले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु