रोल्पा – रोल्पामा तीर्थयात्री बोकेको बोलेरो जीप दुर्घटना हुँदा मृतक संख्या २० पुगेको छ।
रुकुमपूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको जीप थबाङ गाउँपालिका–१ मा भीरबाट करिब ८०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार लगातार वर्षाका कारण सडक चिप्लो हुँदा जीप अनियन्त्रित भई दुर्घटनामा परेको हो। सुरुवाती विवरणमा १७ जनाको मृत्यु पुष्टि भएको थियो भने पछिल्लो विवरणअनुसार मृतक संख्या २० पुगेको छ।
दुर्घटना बिहीबार दिउँसो थबाङ गाउँपालिका–१ र ४ को सिमानामा पर्ने डाँडामा भएको बताइएको छ। अत्यधिक वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयबासीको सहयोगमा उद्धार जारी छ।


