काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ वटा राजनीतिक दलहरूले आफ्ना बन्दसूचीका नामावली निर्वाचन आयोगमा बुझाएका छन्। आयोगले आइतबारसम्मको समयसीमा दिएकोमा सोही अवधिभित्र सबै दलहरूले समानुपातिक सांसदका लागि सिफारिस गरिएका नामहरू बुझाएका हुन्।
रास्वपाबाट सिफारिस भएका नाम
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न समावेशी समूहबाट गरी ठूलो संख्यामा उम्मेदवार सिफारिस गरेको छ।
खस आर्य (१६ महिला, १ पुरुष)
प्रतिभा रावल, रचना खतिवडा, लिमा अधिकारी, विदुषी राणा, समीक्षा बास्कोटा, श्रद्धा कुँवर, टीका सङ्ग्रौला, क्रान्ति शिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुसाल, प्रभा कार्की, शोभा खनाल, रत्ना कुमारी थापा, ज्ञानु पौडेल, प्रभा ढकाल र रमेश प्रसाईँ।
आदिवासी जनजाति (१३ महिला, ३ पुरुष)
बसुमाया तामाङ, गङ्गा छन्त्याल, सुन्नीमा उदास, अनुष्का श्रेष्ठ, ओजस्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमीला कुलुजु, सुजाता तामाङ, कृपा महर्जन, एलिजा गुरुङ, राम लामा, खुश्बु सरकार श्रेष्ठ र मिङ्मा ग्याबु शेर्पा।
मधेसी (६ महिला, ३ पुरुष)
पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी, पुरुषोत्तम सुप्रभात यादव र खगेन्द्र कर्ण।
दलित (७ महिला, १ पुरुष)
रीमा विश्वकर्मा, अमृता विक, सीता बादी, स्मृति सेन्चुरी, सुष्मा स्वर्णकार, तारा विश्वकर्मा, खिमा विक।
थारू (२ महिला, २ पुरुष)
गीता चौधरी, करिस्मा कठरिया, सुरेन्द्र चौधरी र प्रेमलाल चौधरी।
मुस्लिम (३ महिला)
समिना मिया, अफ्साना बानु र गलाजा शमीम मिकरानी।
कांग्रेसबाट सिफारिस भएका नाम
नेपाली कांग्रेसले विभिन्न समावेशी समूहबाट २० जना समानुपातिक सांसदका नाम आयोगमा बुझाएको छ।
खस आर्य
सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया, गंगा शाही र अर्जुननरसिंह केसी।
आदिवासी जनजाति
गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा, सुनिताकुमारी सुवेदी र भीष्मराज आङ्देम्बे।
मधेसी
निनुकुमारी कर्ण, रेखाकुमारी यादव र चन्द्रमोहन यादव।
दलित
हरिनादेवी कामी, पवित्रा विक र मानबहादुर नेपाली।
थारू
प्रमिलाकुमारी गच्छदार।
मुस्लिम
शाहजान खातुन।
एमालेबाट सिफारिस भएका नाम
नेकपा एमालेले पनि विभिन्न समूहबाट प्रतिनिधित्व हुने गरी समानुपातिक सांसदहरूको नाम टुंग्याएको छ।
आदिवासी जनजाति (४)
महिला : भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ
पुरुष : रामबहादुर थापा मगर, कुलभक्त शाक्य
खस आर्य (५)
महिला : पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष : गुरु प्रसाद बराल, पुष्पराज कंडेल
थारू (१)
कृपाराम राणा
दलित (२)
विष्णुमाया वी.के., नीता घटानी
मधेसी (३)
रिङ्ला यादव, यशोधा कुमारी यादव र चन्द्रेश्वर मण्डल
मुस्लिम (१)
साजिदा सिद्दीकी
श्रम संस्कृति पार्टी
श्रम संस्कृति पार्टीबाट समानुपातिक सांसदका रूपमा रुबीकुमारी ठाकुर, अम्बिका सङ्ग्रौला, राधिका रम्तेल र पूर्ण लिम्बू सिफारिस भएका छन्।
राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फ भरत गिरी, ताहिर अली, खुश्बु ओली र सरस्वती लामाको नाम सिफारिस गरेको छ।
नेकपा
नेकपाबाट बलावती शर्मा, प्रमेश हमाल, प्रेमबहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौरा सिफारिस भएका छन्।
निर्वाचन आयोगमा बुझाइएका यी बन्दसूचीका आधारमा प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसद चयन प्रक्रिया अघि बढ्नेछ।


