नेपाली कांग्रेसले बुझायो समानुपातिक सांसदको सूची, यी हुन् सिफारिस भएका नाम

१ फागुन, काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक तर्फका निर्वाचित उम्मेदवारहरूको नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएको छ।

पार्टीको कार्यसम्पादन समितिको बैठकपछि प्रवक्ता देवराज चालिसेले जानकारी दिँदै आयोगमा २० जनाको सूची पठाउने निर्णय भएको बताए। उक्त सूचीमा १५ जना महिला र ५ जना पुरुष रहेका छन्। खस–आर्य समूहबाट भने दुई पुरुषको नाम सिफारिस गरिएको छ।

खस–आर्य पुरुषतर्फ अर्जुननरसिंह केसी र कालीबहादुर सहकारीको नाम समावेश गरिएको छ। यही क्लस्टरको महिलातर्फ सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रिना उप्रेती र सीता थपलियाको नाम पठाइएको छ। तर खस–आर्यबाट दुई पुरुष राख्न नमिल्ने अवस्था आएमा सोही समूहबाट गंगा शाहीलाई महिला कोटाबाट समावेश गर्ने गरी सूची तयार गरिएको शीर्ष तहका एक नेताले बताए।

आदिवासी जनजाति समूहको महिलातर्फ गीताकुमारी सेन्दाङ्ग, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचाको नाम तय गरिएको छ। यसै समूहको पुरुषतर्फ भिष्मराज आङ्देम्बे र मदनकृष्ण श्रेष्ठ (अपांग) को नाम सिफारिस गरिएको छ। यदि यस क्लस्टरमा महिलाको संख्या अपुग हुने अवस्था आएमा मदनकृष्ण श्रेष्ठको स्थानमा सुनितादेवी सुवेदी (श्रेष्ठ) लाई अवसर दिइने व्यवस्था गरिएको छ।

थारु क्लस्टरबाट प्रमिलाकुमारी गच्छदार परेकी छन्। दलित कोटामा हरिनादेवी कामी, पवित्रा विक र मनमाया विश्वकर्माको नाम सिफारिस गरिएको छ।

Forbes

त्यसैगरी मधेशी समूहमा महिलातर्फ निनुकुमारी कर्ण र रेखाकुमारी यादवको नाम परेको छ भने पुरुषतर्फ चन्द्रमोहन यादव सिफारिस भएका छन्। मुस्लिम कोटाबाट शाहजान खातुनलाई समावेश गरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु